आज:  | Sat, 27, Jul, 2024

१७ औँ गणतन्त्र दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै साथमा शुभकामना सन्देश

१५ जेष्ठ २०८१, मंगलवार ०८:०१ मा प्रकाशित ( २ महिना अघि) १५५ पाठक संख्या
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता

काठमाडौं १५ जेठ ।

आज १७औं गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आजभन्दा १७ वर्ष अगाडी नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाउने तयारी छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई हस्तानतरण गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना भएको थियो।

त्यसपछि नयाँ सरकार गठन भई बनेको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। यही ऐतिहासिक दिनको रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आईरहेको छ । गणतन्त्र दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिंदै छ। काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले विशेष समारोह आयोजना गर्नेछ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संवोधन गर्नु हुनेछ।

साथै यसै दिवसका अवसरमा प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिले शुभकामना दिएका छन्। शुभकामना सन्दश मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नु भएको छ। उहाँले गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तरमाथि उठाउनु रहेकाले भन्दै त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली समेत भएको बताउनु भएको छ। उहाँले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, रहेको बताउनु भयो ।

उहाँले पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको पनि बताउनु भयो ।

यस्तै सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नु भएको छ।

यसैगरी पुर्व प्रधान्मन्त्री एवं्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिनेमा जोड दिनु भएको छ । उहाँले नेपाली जनताको त्याग, वलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकान वरिष्ठ राजनेता देउवाको जोड छ।

यसैगरी पूर्वप्रधानमन्त्री एव्ं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरुद्धको लडाइँ जित्नुपर्ने बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस