
काठमाडौँ १५ जेठ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनु भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज मन्त्री पुनदरा प्रस्तुत गरेको बजेटमा चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत रहेको छ ।
यसैगरी पुँजीगत तर्फको बजेट ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब रहेको बजेट अर्थमन्त्री पनले प्रस्तुत गर्नु भएको हो ।












प्रतिक्रिया दिनुहोस