
काठमाडौं १९ जेठ ।
सुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएर मुल्य निर्धारण गरिएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।
मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसैगरी डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । पछिल्लो समयमा भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएकोले नेपालमा पनि आयल निगमले मुल्य घटाएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस