आज:  | Sat, 27, Jul, 2024

आज जातीय भेदभाव तथा छुवाछुत विरुद्धको तथा उन्मूलन दिवस

२१ जेष्ठ २०८१, सोमबार ०७:३७ मा प्रकाशित ( १ महिना अघि) १७६ पाठक संख्या
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता

काठमाडौं २१ जेठ ।

जातीय भेदभाव तथा छुवाछुत विरुद्धको उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। राजनििितक परिवर्तन संगसंगै नेपाल सरकारले २०६३ साल जेठ २१ गतेका दिन मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। यसैको सम्झनामा २०६८ सालदेखि ‘जातीय भेदभाव तथा छुवाछुत विरुद्ध तथा उन्मूलन दिवस’ देशभर मनाउन थालिएको हो।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प पनि गरेको छ।

यस्तै नेपालको संविधानले यस सवालको मर्मलाई आत्मसात गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायँको कडा कानुनी व्यवस्था गरिएको छ। पछिल्लो पुस्तामा आउँदा धेरै मात्रामा जातिय विभेद र छुवाछुतको व्यवहारमा केही परिवर्तन आएको देखिन्छ ।

तर हाम्रो समाजमा जातीय भेदभाव तथा छुवाछुत दलित गैरदलितकोबिचमा मात्रै नभई दलित दलित वर्गका बिचमा ठुलै खाडल रहेको पाईन्छ । समाजमा जातिय विभेद हैन ।

मानिसको असल विवेक,व्यवहार,चरित्र,वौद्धिकता,सरसफाई र बुझाईको आधारमा मुल्याङकनको, प्राथमिकता नदिए मानिसले मानिसबिचको विभेदको खाडल रही रहे अझै पनि समाजको विकासलाई नै औचित्यहिन मान्ने अवस्था नआउला भन्न सकिन्न ।

तस्वीर स्रोत : गोरखापत्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस