आज:  | Sat, 27, Jul, 2024

नारी जागरण केन्द्र धादिङ तथा युटर्न नेपालको सहकार्यमा स्वास्थ्य र समृद्धी तालिम

२१ जेष्ठ २०८१, सोमबार १९:२७ मा प्रकाशित ( १ महिना अघि) २३९ पाठक संख्या
नारी बाटिका


धादिङ २१ जेठ ।

नारी जागरण केन्द्र धादिङको आयोजनामा स्वास्थ्य र समृद्धीमा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

युटर्न नेपालको सहकार्य तथा केन्द्र धादिङको ब्यवस्थापनमा स्वास्थ्य र समृद्धीमा अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो। पछिल्लो समयमा हाम्रो खानापान,आधुनिकीकरण,वेस्त जिवनशैली,मानसिक,आर्थिक,तनावका कारण मानिसको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ ।

यस्तै विदेशी देखासिकी,विषादी युक्त फलफुल,तरकारी लगायतका खानेकुरा खानाले साथ साथै स्थानीय उत्पादन भन्दापनि बाहिरका खानेकुरामा बढी रुचि राखी खेतबारीमा फलेका फलफुल,तरकारी कृर्षीजन्य खानामा वेवास्ता गर्नुले पनि नेपाली समाजमा दिन प्रतिदिन नयाँ नयाँ किसिमका रोग भित्रने गरेको छ ।

बेरोजगारी र आर्थिक अवस्था कमजोरीका कारण औषधी उपचार गर्नै समस्या छ । अर्को तर्फ औषधीपचारमा पनि निकै महंगो छ ।  

यसै कारणले पनि न्युन आय भएकाहरुले जटिल रोग लाग्दा औषधीपचार कै अभावमा ज्यान गुमाउनु परेको अवस्था छ ।केन्द्रले सहकारी र समुहमा आवद्ध महिलाहरुलाई सहभागी गराई  आयुर्वेदिक उत्पादनका औषधीको सेवन गर्दा रोग निको हुने,


अन्य साईड ईफेक्ट पनि नगर्ने र नयाँ रोग लाग्नपनि नदिने भएकोले हाम्रो स्वास्थ्यलाई उपयुक्त हुने भएकोले यस विषयमा प्रशिक्षक बबाट निकै महत्वपुण सवालमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

नारी जागरण केन्द्रका समुह तथा सहकारीका सदस्यलाई स्थानीय उत्पादनको प्रयोग गर्दाको फाईदा,विषादी रहित खानेकुरा खाने,आयुर्वेदिक उत्पादनका औषधीहरु सेवन गर्ने,जस मध्यपनि युर्टन नेपालले उत्पादन गरेका आयुर्वेदिक चिया,सावुन,,घुँडा दुखेर समस्यामा परेकाहरुको लागी

मालिस तेल,मन्जन,सामानहरु,मुटुका विरामीहरुले सेवन गर्न मिल्ने जडिबुटीबाट बनेका औषधी तथा आदी प्रयोगबाट हुने फाईदाका बारेमा सचेतनामुलक अभिमुखीकरण गरिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीको अध्यक्षातामा भएको कार्यक्रममा युर्टन नेपालका प्रशिक्षक तथा युर्टन कम्पनीका कोरटिम हरीचन्द्र पौडेलको विशेष आतिथ्यता रहेको थियो । यसैगरी सो कार्यक्रममा निलकण्ठ नगरपालिका वडा न.का पुर्व वडाध्यक्ष होमनाथ रिजाल,निलकण्ठ ४ का पुर्व वडाध्यक्ष शिवराज गिरीको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै युर्टन नेपाल कम्पनीका प्रतिनिधी धुर्व खतिवडा, प्रतिनिध मिना अधिकारी,सामुदायिक वन महासंघ धादिगका पुर्व अध्यक्ष सुबिला पाठकको उपस्थिती रहेको थियो ।  

कार्यक्रमका संयोजक तथा नारी विकास सहकारीका अध्यक्ष भगवती भण्डारी उप्रेतीले स्वास्थ्यमा आउने समस्याका बारेमा समुह र सदस्यहरुलाई सचेत गराउने मुख्य उदेस्यले ,

किसानी तथा अन्य उद्यमसिल समुहका सदस्यहरुका लागी अर्गानिक खाना खानाले परिवारमा वित्तिय व्यवस्थापनमा पनि सहज हुने र ,घरेलु हिंसा,प्रजर्ने,न् स्वास्थ्य,लैंगिक हिंसा समेत न्युनीकरण हने आदी विषयमा प्रस्तुत गर्नु भएको थियो ।

युर्टन नेपाल कम्पनीका प्रतिनिधी तथा समाजसेवी मिना अधिकारीले कार्यक्रम संन्चालन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस