
नारी बाटिका
दाङ २५ जेठ ।
दाङको तुलसीपुरस्थित नेपाली सेनामा कार्यरत एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन्।
आज विहान तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
आज विहान तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
शुक्रबार(आज) बिहान अ.सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्या गरी फरार रहेका शालिकरामलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपित बुढाथोकीलाई खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। पत्नीले बाहिर अन्य पुरुषसंग सम्बन्ध राखेका कारण आवेगमा आई हत्या गरेको शालिकरामले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।








प्रतिक्रिया दिनुहोस