आज:  | Sat, 27, Jul, 2024

चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस सहित पक्राउ

२५ जेष्ठ २०८१, शुक्रबार १९:४२ मा प्रकाशित ( १ महिना अघि) १३० पाठक संख्या
नारी बाटिका


२५ जेठ काठमाडौँ ।

कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस सहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस वापत रकम माग गरिरहेको उजुरी निवेदनका आधारमा पक्राउ परेका हुन् ।

सर्वेक्षक गुप्तालाई अख्तियार आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ३५ हजार घुस लिइ सकेको अवस्थामा घुस रकम र स्रोत नखुलेको ५० हजार सहित उनी कार्यरत नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको जनाएको छ ।

साथै अख्तियार आयोगले गुप्तालाई नियन्त्रणमा लिई सो बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस