आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

२०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित ( २ साल अघि) ८१९८ पटक पढिएको
नारी बाटिका


२६ जेठ- काठमाडौँ ।

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। आज देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। अहिले विहान गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

यस्तै लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको मौसम विभाग पर्वानुमानमहाशाखाले जनाएको छ । त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

साथै आज कोशी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस