आज:  | Sat, 27, Jul, 2024

तत्काल एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

२६ जेष्ठ २०८१, शनिबार १८:४० मा प्रकाशित ( १ महिना अघि) १६३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ -२६ जेठ ।

कहिले जुट्ने त कहिले फट्ने चर्चा चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनु भएको छ । शनिबार एकीकृत समाजवादी कोशी कमिटीद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उहाँले यो कुरा बताउनु भएको हो ।

अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको र एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन समेत आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक रहेको बताउनु भयो ।

‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्ड जीको भूमिका पोजेटिभ छ, तपाईँको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन’, उहाले भन्नु भयो, ‘हिजोको कुरा पनि बिर्सौं, ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन ।

हामीले केपीजीले विगतमा गर्नु भएको कार्यशैलीको समीक्षा नगर्दा पनि त्यो संम्भव देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि १’ समाजवादी मोर्चाको पुनर्गठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोही अनुसार अघि बढिरहेको उहाँको भनाइ छ ।

‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ’, फरक प्रसंगमा उहाँले भन्नु भयो, ‘अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ ।

केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौँ । त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौँ । परिस्थिति अनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था आएको छ ।’ अध्यक्ष नेपालले राष्ट्रको आवश्यक पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस