आज:  | Sat, 27, Jul, 2024

५ जनाको टोली लिएर मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्तान गर्दै

२७ जेष्ठ २०८१, आईतवार ०७:३७ मा प्रकाशित ( १ महिना अघि) १३१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ जेठ ।

तेस्रोपटक प्रधानमन्त्री बनेका भारतका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) आज दिल्ली तर्फ प्रस्थान गर्दै हुनुहुन्छ । आईतबार साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुने कार्यक्रम छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी राष्ट्र भारतीय म्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो। मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइनमा भेटवार्ता गर्ने समेत कार्यक्रम छ । तर, यो शिष्टाचार वार्ता मात्रै हुने अन्य विषयमा छलफल नहुने जानकारी भारतीय पक्षले दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै स्वदेश फर्किने कार्यक्रम तय भएको छ । यस्तै उहाँ यस भ्रमणको सबै प्रबन्ध भारत सरकारले नै गर्नेछ । प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारतको औपचारिक भ्रमण गर्नु भएको थियो। मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेखहसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।

यसअघि २०१४ मा पहिलो पटक मोदीले शपथ लिँदा नेपालबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनु भएको थियो । दोस्रो पटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस