आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

प्रदेश तेस्रो तहका नेता राख्‍ने ठाउँ मात्रै बन्यो गृहमन्त्रीको दावी

२०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित ( १ साल अघि) १०८६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० जेठ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेशहरु तेस्रो तहका नेता राख्‍ने ठाउँ मात्रै बनेको दावी गर्नु भएको छ । उहाँले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनु भयो। बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यो कुरा बताउनु भएको हो ।

गृह्रमन्त्री लामिछानेले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको छ । व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताउनु भयो
। उहाँले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ अहिले प्रदेश भएको र प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको जिकिर गर्नु भयो ।

यस्तै, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन्। प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो ? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि बद्नाम गराउने काम मात्रै गरेको छ ?

यस्तै उहाँले त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनु पर्छ भनेको हो। त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ। तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा।’

साथै लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताउनु भयो। मिलेर जाऊँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी समेत गरेका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस