आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

२०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित ( २ साल अघि) ११९७६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३२ जेठ ।

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको देखिएको छ । साथै अन्य बाँकी भू(भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसकै प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभाग पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा र बाँकी भू(भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस