आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

सङ्घीय संसद् सचिवालयको अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन निर्देशन

२०८१ अषाढ ४, मंगलबार मा प्रकाशित ( १ साल अघि) १०२८५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ असार।

सङ्घीय संसद् सचिवालयको अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ । आज सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले समितिका सचिव र सबै समितिलाई पत्र पठाउँदै सो विषयमा ध्यानाकर्षण गराएको हो ।

“सङ्घीय संसद्को संस्थागत जानकारी तथा अनुमति विना कतिपय गैरसरकारी संस्थाहरुले सङ्घीय संसद्अ न्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, सांसदको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको भन्दै सो निर्र्देशन दिएको हो ।

सङ्घीय संसद् सचिवालयले पटक पटक संस्थागत जानकारी गराउँदै तथा समयमा सतर्क गराउँदै आएको भएतापनि यस्ता गुनासाहरु आइरहेको भन्दै यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ”, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

आइतबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस