आज:  | Thu, 18, Jul, 2024

छाउगोठमा बालिका बलात्कार गर्ने किश्वर नाताले मामा पर्ने

११ असार २०८१, सोमबार १९:५१ मा प्रकाशित ( ३ हफ्ता अघि) १२७ पाठक संख्या
नारी बाटिका


अछाम १० असार ।

अछामको छाउगोठमा मैनावारी भएर बसेकी बालिकालाई बलात्कार गर्ने किश्वर नाताले मामा पर्ने पुष्टी भएको छ । सोही घटनामा संलग्न भएका एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको गृहमन्त्री रवी लामिछानेले जानकारी दिनु भएको छ ।

गृहमन्त्रीले आज भएको राष्ट्रियसभाको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिनु भएको थियो ।

यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने नाम नखुलेकी एक १६ वर्षीया बालिका छाउगोठ नजिकै बेहोस अवस्थामा फेला परेकी थिईन् । सो घटनाको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीको टोलीले बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन अछाममा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

“सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धानमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ”, उनले भने, “उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदन समेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।”

उनले मुलुकी अपराध (संहिता)ऐनको दफा १६८ ९३० ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताए।

अनुसन्धानका क्रममा यही असार ४ गते बिहान २ बजेको समयमा बालिकामाथि जबर्जस्ती करणी भएको, पीडितको बुबा वैदेशिक रोजगारीको लागी भारतमा रहेको र आमाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको थियो । पीडक उमेरले नाबालक र नातामा मामा पर्ने पुष्टि भएको छ । साथै पीडक १३ वर्ष चार महिनाको नाबालक भएको खुल्न आएको गृह्रमन्त्री लामिछानेले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस