आज:  | Thu, 18, Jul, 2024

नेपाल पत्रकार महासंघको कार्यालय हेटौंडामा कालो ब्यानर सहित तालावन्दी 

१७ असार २०८१, आईतवार ०८:५२ मा प्रकाशित ( २ हफ्ता अघि) १८८ पाठक संख्या
नारी बाटिका


हेटौंडा १६ असार ।

नेपाल पत्रकार महासंघ कार्यालय हेटौंडामा तालावन्दी गरेको छ । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकार महासंघ हेटौंडास्थित कार्यलयमा शुक्रबार राति ताला लगाएको हो । युनियनले महासंघ कार्यालयमा कालो ब्यानर पनि टाँगेको छ ।मकवानपुर जिल्ला युनियनले महासंघको हेटौंडा–४ स्थित कार्यालयमा विभिन्न माग सहित कालो ब्यानर झुण्ड्याएको हो ।

निकै पहिलेदेखी विवादित रहेको महासंघको सदस्यता विषयलाई टुङ्ग्याएर मात्रै निर्वाचन गर्नुपर्ने युनियन मकवानपुरले माग राखेको छ । सदस्यता विवादको विषयलाई पूर्णरुपमा बेवास्ता गर्दै नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको भन्दै नेपाल प्रेस युनियन मकवानपुरले ७ बुँदे माग अगाडि सारेको छ ।

महांसंघका जिल्ला शाखाहरुले पुर्वाग्रही सोचले मिडियामा काम गरिरहेका क्रियाशिल पत्रकार भन्दापनि विभिन्न व्यपारी,नेताका कार्यकर्ता तथा संन्चार माध्यममा आवद्धै नरहेका क्षेत्रमा फुल टायम जागिर समेत खाने केही व्यक्तिहरुलाई महाँसंघले सिफारिस गरेको र संन्चार माध्यममा रहेर पत्रकारिताकै क्षेत्रमा काम गरिरहेका क्रियासिल पत्रकारलाई नविकरण गर्ने तथा नयाँ सदस्यता नदिएपछी यो विवादले उत्कर्षमा पुगेको हो ।

विशेषगरि पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असहमति जनाउँदै युनियनले कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दी गर्नुअघि युनियन अध्यक्ष सुवास बिडारीले विज्ञप्ति प्रकाशन गरी युनियनका माग सहित धारणा सार्वजनिक गर्नुभएको थियो ।
विज्ञप्तिमा भनिएको छ–महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको छ ।

सदस्यताको किनारा लगाउने वैधानिक विधि हुँदा जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले क्रियाशील पत्रकार नै छुट्ने गरी एकपक्षीयढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको हाम्रो ठहर छ । युनियन जिल्ला अध्यक्ष बिडारीको नेतृत्वमा महासंघ पुगेको टोलीले महासंघको सदस्यता विवादलाई विधान अनुसार टुङ्ग्याउन माग गरेको छ ।

‘महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस र पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिइएको आवेदनको उजुरीलाई समेत बेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिनु गलत हो,’ उहाँले केन्द्रको हस्तक्षेपकारी निर्देशन अनुरुप मकवानपुरमा गठन गरिएको गैरपत्रकार सदस्य रहेको निर्वाचन समिति तत्काल खारेज गर्न युनियन मकवानपुरको माग रहेको बताउनु भयो ।

महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ । महासंघ वर्तमान कार्यसमितिले सदस्यता शुद्धीकरण अभियान ल्याएको थियो । गैरपत्रकारलाई बिदाइ गरेर पत्रकारितामा क्रियाशीललाई मात्र सदस्य बनाउन सुरु भएको अभियानमा पेशागत आवद्धता भन्दा पनि संगठननिकट हो वा हैनमा केन्द्रित भएको भन्ने आरोप लगाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस