आज:  | Sat, 15, Feb, 2025

असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

२२ असार २०८१, शुक्रबार १७:२९ मा प्रकाशित ( ७ महिना अघि) १२३६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ असार ।

यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने भएका छन् । पछिल्लो राजनितिक घटनाक्रमसंगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।

यसरी अल्पमतमा परेको प्रचण्ड नेतृत्वको सरकार राजीनामा नगरी पुनः आफु संसद्बाट विश्वासको मत लिनको लागी यही असार २८ गतेलाई निर्धारण गरिएको हो । साथै सो कार्यको लागी संसदको कार्यसूचीमा राख्न सभामुखलाई पत्र पठाएका छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संबिधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन्। कांग्रेस(एमालेबीच नयाँ सत्ता गठबन्धन गर्ने सहमति भएपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस