
नारी बाटिका
काठमाडौँ २२ असार ।
केही दिनदेखीको अविरल वर्षाको कारण उपत्यकाको विभिन्न ठाउँमा डुबान पर्ने थालेपछी सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१८ निलबाराही गण काठमाडौँबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी र तारकेश्वर इलाकामा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
त्यसैगरी अन्य सम्भावित ठाउँहरुमा समेत वाढीको जोखिम नहोस भन्नाका निमित्त उपत्यकास्थित २० नं. विपद् उद्धार गण सिनामंगलबाट पेप्सीकोला र धोविखोला करिडोल इलाकामा परिचालित भएका हन् ।
त्यसैगरी नं. २१ दक्षिणकाली गणबाट महालक्ष्मी कर्मनासा खोला, धापाखेल र नंखु ईलाका तथा नं. २२ गुहेश्वरी गण भक्तपुरबाट चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, नं.२४ बाघबैरब गुल्म काठमाडौँबाट टिचिङ इलाकामा परिचालन गरिएको सशस्त्र प्रहरी वल उपत्यकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस