आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

बाघले आक्रमण गर्दा तीन महिलाहरु घाईते

२०८१ अषाढ २४, सोमबार मा प्रकाशित ( २ साल अघि) ९५५७ पटक पढिएको
नारी बाटिका


दाङ २४ असार ।

तुलसीपुर दाङमा बाघले आक्रमण गरी तीन महिलाहरु घाइते भएका छन्। बाघको आक्रमणबाट घाईते हुनेहरुमा तुलसीपुर(९ वेलुवाका ४५ वर्षीया कमला केसी  रहेका छन्  ।

त्यसैगरी  सोही स्थानकी ५३ वर्षीया सीताकुमारी भण्डारी र सोहीस्थित १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भयो ।

आज (सोमबार) बिहान तुलसीपुर उपमहानगरपालिका ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गर्न आएको थियो।

बाघको आक्रमणबाट केसीको दुवै हातमा सामान्य चोट लागेको छ । त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस