
काठमाडौं २७ असार।
नयाँ समिकरणको सरकार बन्दैको पुर्व संन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवासमा भेटवार्ता भएको छ । बुधबार साँझ बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा नयाँ सरकार गठन, सक्ति बाँडफाँड,मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेस स्रोतले बताएको छ ।
हिजो साँझ करिब दुई घण्टा लामो छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो । त्यसेगरी कांग्रेसका रमेश लेखक पनि सहभागी हुनु भएको थियो ।
कांग्रेस र एमालेको नयाँ समीकरणमा नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ भने दुईदलका तर्फबाट ककसलाई मन्त्री बनाउने भन्ने टुंगो भने लाग्न समय लाग्ने देखिएको छ ।












प्रतिक्रिया दिनुहोस