
बिबियु, नारी बाटिका संवाददाता
कर्णाली- ३१ असार ।
देउडा पर्व’का अवसरमा कर्णाली सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोली साउन १ गते नेपालीको परमपरा अनुसार साउने सङ्क्रान्ति लुतो फालेर मनाउने प्रचलन छ । साथसाथै कर्णाली प्रदेशमा देउडा पर्वपनि धुमधामले मनाउने गरिन्छ । सो पर्वकै अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको हो।
कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरिए अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गतेलार्य कर्णाली देउडा पर्व मनाउन सार्वजनिक बिदाको घोषणा गरेको छ।












प्रतिक्रिया दिनुहोस