
नारी बाटिका
काठमाडौं – ५ साउन ।
काठमाडौँ महानगरपालिकाका वासीले मेयर बालेनको विरुद्धमा न्यूरोडमा पुत्ला जलाइएका छन् । मेयर शाहले उपत्यकालाई सुन्दर शहर बनाउन केही समयदेखी न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयवासीले सुक्रबार मेयर शाहको पुत्ला जलाएका हुन् ।
महानगरपालिकामा जनघनत्वले मिचिएको सार्वजनिक जग्गा,सडक पेटी लगायतलाई हटायर व्यवस्थित गर्न लागिएको छ । पाकिङलाई व्यवस्थित गर्न मेयर बालेन्द्र साहको योजनामा अघि बढिरहेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार साँझ महानगरपालिकाका मेयर शाहको न्यूरोडमा पुत्ला जलाएका थिए ।
शुक्रकार दिउँसो महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर पठाएपछि सो को विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल समेत विवादको अवस्था सिर्जना भएको हो ।








प्रतिक्रिया दिनुहोस