आज:  | Mon, 02, Dec, 2024

काठमाडौँमा पनि हैजाको जीवाणु देखियो,यससंगै १३ जनामा हैजाको जिवाणु भेटियो

१४ श्रावण २०८१, सोमबार ०७:१२ मा प्रकाशित ( ४ महिना अघि) २३९ पाठक संख्या
नारी बाटिका


बिबियु नारी वाटिका संवाददात

काठमाडौँ, १४ साउन ।

केही दिनअघि मात्रै देशको दुई जिल्लाका १० जनालाई देखिएकोमा काठमाडौँमा पनि हैजाको जीवाणु देखिएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार पछिल्लो समयमा काठमाडौंको दकालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजाको जीवाणु देखिएको हो ।

यो समेत अहिलेसम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिनु भयो । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा प्रमाणित भएको थियो । ललितपुरका केही बिरामी टेकु अस्पतालबाटै भागेका थिए ।

विज्ञहरु भन्छन् वर्षादको समयमा विभिन्न प्रकारका रोगहरु लाग्ने भएका कारण सर्व प्रथम पिउने पानीमा सुद्धिकरण नगरी बेचीरहेको पाईन्छ । यसबाट दुषित छ छैन अनुगमन कडाई हुनुपर्छ । यसैगरी शौचालयको ढल खानेपानीमा मिसियो भने हैजा फैलन्छ । धाराको पानी कस्तो छ के छ प्रशोधित नगरिएको पानी कतिपय जारमा भरेको पनि पाइन्छ ।

उपत्यकामा केही समयअघि आएको मेलम्चीको पानीको चर्चा गर्दा गर्दै काठमाडौले पर्याप्त पानी पाएको छैन । निलो जारमा पानी देखेपछि शुद्ध भन्ने बुझिन्छ र सबैले यही पानी प्रयोग गर्छन् । नामै थाहा नपाएको ब्राण्डको पानी पनि जोखिम हुने भएकोले यसबाट रोगहरु फैलन सक्ने विज्ञहरुको चिन्ता छ ।

रेडिमेट रुपमा बजारमा पाईने वोतलका पानी कम्पनीबाटै ल्याएको हो कि होईन ? जारको पानी पनि सस्तो मूल्यमा पायो भनेर किन्नु भन्दा सुद्धिकरण गरेको हो कि होईन सोच्नै पर्छ भन्ने कुराको नागरिकमा चेतना हुन जरुरी छ। पिउने पानी सुद्ध छ छैन अनुगमन हुनुपर्छ र हैजा फैलिएको बेलामा हरेक व्यक्तिले पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउन सरुवारोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा. शेर बहादुर पुनले सबैमा आग्रह गर्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस