आज:  | Sat, 15, Feb, 2025

सुदुरपश्चिमका मुख्यमन्त्रीले गरे कृषि मन्त्रीलाई पदबाट  बर्खास्त

१४ श्रावण २०८१, सोमबार ०७:५० मा प्रकाशित ( ६ महिना अघि) १८९४ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

कैलाली१४ साउन ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्। साउन ८ मा सुदूरपश्चिममा भएको विशेष अधिवेशनको पहिलो बैठक र आइतबारको दोस्रो बैठकमा मन्त्री थापा सरकारको तर्फबाट सहभागी भएकी थिइन्।

प्रदेश सभा बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापालाई बर्खास्त गरेका हुन् । गएको असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको सोडारी नेतृत्वको प्रदेश सरकार संसद छलेर बजेट ल्याउने तयारी अवस्थामा छ।

त्यस्तै बजेट अधिवेशन अन्त्य गरेको अवस्थामा विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेको समावेदनपछि विशेष अधिवेशन आह्वान भएको थियो।

तर सोडारीको रणनीति विपरित थापा संसद बैठकमा सहभागी भएपछि बखास्त गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिएका छन्। सुदुरपश्चिम प्रदेशमा विशेष अधिवेशनको दुई बैठक चलेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस