
दाङ १९ साउन ।
दाङको तुलसीपुरमा अटो चढेका ५ जनामध्ये २ जनालाई खोलाले बगाएको छ। सुक्रबार साँझ अन्दाजी साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुईजना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनु भयो।
हिजो साँझ तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गरेको यात्रुसहितको अटोलाई खोलाले बगाएको हो। उक्त अटोमा सवार ५ जनामध्ये ३ जना सकुशल रहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो ।
सो घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। हाल अविरल वर्षाका कारण देशका साना तथा ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ।












प्रतिक्रिया दिनुहोस