
नवलपरासी १९ साउन ।
‘
मौलाकालिकास्थित निर्माणाधिन केवलकारको टप स्टेसनको चौंथो तल्लाबाट खसेर एक मजदुरको मृत्यु भएको छ । नवलपरासी जिल्लामा संचालित मौलाकाली केवलकारको निर्माणाधिन टप स्टेसनको चौंथो तल्लामा काम गर्दैको अबस्थामा सोही तलाबाट खसेर शुक्रबार मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्ला बारा जितपुर सिमरा उप महानगरपालिका २० इनरवा बसडिलुवा घर भएका २५ वर्षीय गोरख राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार निर्माणाधिन टप स्टेसनको उक्त भवनमा ४० फिट अग्लो भवनबाट टायलको काम गर्ने मजदुर खसेर मृत्यु भए लगतै प्रहरीलाई जानकारी गराईएको थियो । घटनको खबर प्राप्त हुनसाथ अस्थायी प्रहरी पोष्ट मौलाकालीको टोली घटना स्थलमा पुगेको थियो ।
प्रहरीले शवको स्थलगत मुचुल्का तयार गरि पोष्टमार्टमका लागि चितवनको भरतपुर पठाएर घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस