आज:  | Tue, 10, Sep, 2024

मापदण्ड लागू गरी औषधिको मूल्य समायोजन गर्न स्वास्थ्यमन्त्री पौडेलको कार्ययोजना

२८ श्रावण २०८१, सोमबार ०६:२३ मा प्रकाशित ( ४ हफ्ता अघि) १५२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ साउन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारको लागी कार्ययोजना तय गर्नु भएको छ । उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेसंगै संविधानमा उल्लेख गरिए बमोजिम स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकताका साथ नयाँ कार्ययोजनाहरु तयार गर्नु भएको हो ।

कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन समेत गर्नु भएको थियो। उहाँले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशक, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियका,बहालवाला कर्मचारी,अस्पताल निर्देशक,सञ्चारकर्मी,स्वास्थ्य विज्ञ तथा अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझाव लिनु भएको थियो।

सो कार्यका लागी मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गर्नु भएको छ । यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पार्नु भएको हो। उहाँले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव राख्नु भएको छ ।

साथै नयाँ कार्ययोजनामा आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निस्शुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने मन्त्री पौडेलको योजना छ। मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताउनु भएको छ ।

स्वाथ्यमा देखिएका समस्या समाधानका लागी नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने बताउनु भएको छ । उहाँले औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण गरिने बताउनु भएको छ ।

नेपालमा धेरै अघिदेखी औषधी व्यवशायीहरु,उत्पादन कम्पनी लगायतले मनलाग्दी तरिकाले मुल्य अशुल्ने,गरेका छन् । साथै सानोतिनो रोग लाग्दापनि १ थरी औषधीले निको हुने भएपनि सामान्य बिमारीलाई ४।५ थरीको औषधी भिडाएर पैसा अशुल्ने गरेका थिए । यस समस्यालाई समधान गर्नको लागी राष्ट्रिय गुणस्तर मापदण्ड लागू गरी औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गर्दै उपचार तथा निदानमा प्रयोग हुने सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरुको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने बताउनु भयो। साथै उहाँले औषधिको मूल्य समायोजन गरिने पनि बताउनु भयो।

पुरा पाठको लागी तलको लिंकमा क्लिक गर्नु होस्

Swasthya plan

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस