
नारी बाटिका
खोटाङ ३१ साउन ।
खोटाङमा विद्यालय जाँदे गरेकी एक शिक्षिकाको पहिरोमा परी ज्यान गएको छ । ज्यान गुमाउनेमा रावाबेंसी गाउँपालिका–३ लामिडाडाँकी साबित्रादेबी नेवारको पहिरोमा परी मृत्यु भएको हो ।
वडा कार्यालय नजिकै बिश्वज्योति मावि लामिडाडाँमा कार्यरत शिक्षिका नेवारलाई आज बिहान पहिरोले पुरेको थियो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा नेवारलाई पहिरोले पुरेको रावाबेंसी गाउँपालिकाकाले जनाएको छ ।
उनी विद्यालय जाने क्रममा तलको सडकबाट जाँदै गरेकी शिक्षिकालाई माथिल्लो सडकबाट अचानक पहिरो खसी सोही पहिरोले पुरेर मृत्यु भएको थियो । शिक्षिका नेवारसँगै हिँडिरहेका आफन्त भने भागेर बाँच्न सफल भएको बताइएको छ ।
पहिरोमा परी मृत्यु भएकी शिक्षिकाको शबलाई प्रहरी तथा स्थानीयले खनेर निकालेको गाउँपालिकाले जनाएको छ । उनी लामो समयदेखी शिक्षण पेसामा कार्यरत साबित्रादेबीको अनिवार्य अवकाश हुन केही समय मात्र बाँकी रहेको थियो ।








प्रतिक्रिया दिनुहोस