आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

पहिरोमा परी एकै परिवारका तीन जनाको ज्यान गयो

२०८१ भाद्र ३, सोमबार मा प्रकाशित ( १ साल अघि) ७९६६ पटक पढिएको
नारी बाटिका


जाजरकोट ३ भदौ ।

जाजरकोटमा गएको पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ। आज बिहान नलगाड नगरपालिका–२ माझगाउँमा पहिरो खस्दा एकै परिवारका ३ जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया उनकी पत्नी मनिसा परियार र दुई वर्षीय छोरा शिभम परियार रहेका छन्।

उनीहरु भूकम्पपीडितले प्राप्त गरेको राहतबाट निर्माण गरिएको अस्थायी टहरामा बस्दै आएका थिए। सोही ठाउँमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ ।

घटनाको खबर प्राप्तपछी प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै रहेको जनाईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस