आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

२०८१ भाद्र ७, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ९३२० पटक पढिएको
नारी बाटिका


धादिङ ७ भदौ ।

धादिङको राजमार्गमा माइक्रो बस दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । आज काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम्ले बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

उक्त माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वर्षा भैरहेको कारण सडक चिप्लो भएर माइक्रो बस दुर्घटनामा परेको थियो । साथै सो दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस