आज: २०८३ कार्तिक २३, आईतबार | Sun, 08, Nov, 2026

धादिङको निलकण्ठ ३ स्थित ईजारामा बोलेरो दुर्घटना हुंदा ७ जना घाइते

२०८३ कार्तिक २३, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२२ कात्तिक ।

धादिङको निलकण्ठ नगरपालिका ३ स्थित ईजारामा बोलेरो दुर्घटना भएको छ । आज दिउँसो नगरपालिका वडा नं. ३ अन्तर्गत इजारा–मुन्नीबाट घुम्तीभन्दा तलको सडकखण्डमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । अहिले घाइतेहरूको धादिङ अस्पतालमा उपचार भैइरहेको छ ।

निलकण्ठ नगरपालिका ३ का वडा सदस्ण् रोशनकुमार श्रेष्ठका अनुसार उक्त सडक लामो समयदेखि जीर्ण भइ जोखिमपूर्ण अवस्थामा रहेकोले ३ नं.वडाका वडाध्यक्षसहितका स्थानीय वासीले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदै आएपनि यस तर्फ वागमति प्रदेश सरकारले चासो नदेखाएको बताएका छन् ।

वागमति प्रदेश सरकार अन्तर्गत पर्ने यस सडक डिभिजन कार्यालयको क्षेत्राधिकारमा पर्ने भएकाले आवश्यक समन्वय र अनुमति बिना वडा कार्यालयले आफूखुसी काम गर्न पनि नसक्ने अवस्था रहेको वडा सदस्य श्रेष्ठले बताए ।

त्यस्तै,यस सडक मर्मत सुधारका लागी सडक डिभिजन कार्यालयका प्रमुखदेखि प्राविधिकहरूसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अपेक्षित सुधार हुन नसकेको स्थानीयको भनाइ छ ।

केही दिनअघि मात्रै वडा नं( ३ को दशैँ सडक मर्मत तथा सरसफाइ कार्यक्रम अन्तर्गत वडा सदस्य स्वयंको पहलमा उक्त सडकमा जेसीबी लगाई सामान्य लेभलिङ तथा आवश्यक ग्राभेल राखेर सवारी आवागमन सहज बनाउने प्रयास गरिएको थियो ।

उक्त सडकखण्डको सरसफाइ गर्ने क्रममा केही स्थानीय व्यक्तीले काममा अवरोध गरेपछी सरसफाई समेतको कार्य अघि बढाउन नसकी फर्किएको बताइएको छ ।

उक्त सडकको अवस्था जीर्ण रहेकोले दुर्घटना भएको स्थानीयवासीको भनाइ छ ।

वडा सदस्य श्रेष्ठले दुर्घटना भएपछि दुःख व्यक्त गर्नु भन्दा दुर्घटना हुनुअघि नै जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायको प्राथमिकता हुनु पर्ने र नागरिकको सुरक्षित यात्रा र जनधनको सुरक्षाका लागि यस्ता विषयलाई गम्भीरता पूर्वक लिन सबैमा अनुरोध गरेका छन्।

बाँकी विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑