
नारी बाटिका
काठमाडौँ ९ भदौ ।
तीर्थयात्री लिएर गएको बस भारतमा दुर्घटना, हुदा ३० भन्दा बढी नेपाली घाइते भएका छन् । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो । नेपाली तीर्थयात्री सवार रहेको बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् ।
उक्त दुर्घटनामा कम्तीमा पनि ३० भन्दा बढी तीर्थयात्रीहरु घाइते भएका छन् । बसमा ४३ जना यात्री सवार रहेको जनाइएको छ। दुर्घटनामा परी घाइते भएकालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको संन्चार माध्यमले बताइएको छ।








प्रतिक्रिया दिनुहोस