आज:  | Tue, 10, Sep, 2024

नेपालमा पनि मंकीपक्स जोखिमको निसानामा पर्दै,सतर्कता नअपनाए गम्भीर अवस्था आउन सक्ने

१३ भाद्र २०८१, बिहीबार ०९:१३ मा प्रकाशित ( १ हफ्ता अघि) १०८ पाठक संख्या
नारी बाटिका


बिबियु  नारी बाटिका संवाददाता

धादिङ १३ भदौ ।

पछिल्लो समय नेपालमा मंकीपक्स जोखिमको निसानामा पर्ने देखिएको छ ।केही दिनदेखी छिमेकी मुलुक भारत र बंगलादेशमा पनि यो संक्रमण मानवमा फैलने क्रम बढ्दै गएकाले नेपालले पनि सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विशेष गरी मध्य र पश्चिम अफ्रिकामा मंकीपक्सको प्रकोप तिब्रगतिमा बढेको छ ।

सान्ती सेनाका लागी पाकिस्तान र स्विडेन गएका नेपाली सेना तथा अन्य नेपालीहरू फर्कने क्रममा मंकीपक्सको भाइरस पनि सँगै लिएर आउने सक्ने भएकाले सतर्कता अपानाउनु पर्ने देखिएको छ। विदेशबाट यात्रा गरेका व्यक्तिलाई अंकमाल गर्ने, हात मिलाउने गर्दा मंकीपक्सको भाइरस सक्रमण सर्न सक्ने जोखिम हुने चिकित्सकले बताएका छन्।

नेपाल आएका १ जना विदेशीमा गत वर्ष मंकीपक्स सक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले यो रोग अत्यन्तै संक्रामक र घातक भएकाले विशेष सर्तकता अपनाउनु पर्ने भन्नु भयो । यो रोगबाट बच्न आम मानिसले ध्यान दिनुपर्छ। छालादेखि छालामा, मुखको थुकको माध्यमबाट, यौन सम्पर्कबाट यो रोग सर्ने भएकाले सर्तकता अपनाउन जरुरी छ।

प्रवक्ता बुढाथोकीका अनुसार यो रोगको संक्रमण आउन नदिन सरकारको तयारी भए पनि आम नागरिकले लापरबाही गरेमा र सुरक्षा नअपनाएमा गम्भीर अवस्था आउन सक्ने बताउनु भयो । रोकथामका लागी ‘स्थलगत रुपमा हवाई नाकामा सक्रिय बनाएका छौं । रिर्पोटेड १४ अस्पताल तोकेका छौं । तयारी अवस्थामा छालाका चिकित्सक राखेका छौं’, उहाँले भन्नुभयो । ‘विदेशबाट आएका मानिसहरू २ हप्ता क्वारेन्टाइन बस्न उपयुक्त हुने भएकाले सोही अनुसार आग्रह गरेका छौं ।’

चिकित्सकहरूका अनुसार मंकीपक्सको सक्रमण हुंदा (बाँदरे खटिरा) एक भाइरल रोग हो जुन मंकीपक्स भाइरसले गर्दा हुन्छ, जुन बिफरको रूपमा भाइरसको एउटै परिवारको भाग हो। यो पहिलो पटक १९५८ मा बाँदरमा पत्ता लागेको थियो, तर यो रोग मुसा र अन्य साना स्तनधारी जनावरमा बढी पाइन्छ।

त्यसैगरी बाँदरको शरीरमा हुने एक प्रकारको तरल पदार्थ वा संक्रमित व्यक्ति वा जनावरको घाउसँग प्रत्यक्ष सम्पर्कबाट समेत यो फैलिन सक्छ। यो श्वासप्रश्वासका माध्यमबाट पनि फैलिन सक्छ। साथै सँगै उठबस, एउटै ओच्छ्यान वा कपडाको प्रयोगबाट समेत यो रोग सर्न सक्ने भएकाले थप सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार हालसम्म मंकीपक्सको लागि कुनै विशेष उपचार छैन, तर लक्षणलाई सतर्कता अपनाई हेरचाहद्वारा व्यवस्थापन गर्न भने सकिने बताएको छ । बिफरका लागि प्रयोग गरिने खोपले सक्रमित बाँदरसंग नजिक सम्पर्क भएमा केही सुरक्षा प्रदान गर्न सक्ने बताइएको छ। सार्वजनिक रुपमा स्वास्थ्य उपायहरू, जस्तै संक्रमित व्यक्तिहरू सुरक्षित तरिकाले बस्ने र आराम गर्ने, अरू व्यक्तिको सम्पर्कमा रोग निको नभई नजानु नै यस रोग फैलाउनबाट रोक्ने उपाय भएको चिकित्सकले बताएका छन्।

मंकीपक्सको लक्षणहरू यस्ता हुन्छन्
–फ्लू जस्तो लक्षणहरू ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ र थकान हुने
–विस्तारै शरीरभरि फोकाहरू तथा झट्ट हेर्दा मुसा जस्ता खटिरा देखिने
–खटिरा अनुहारबाट शुरू भई शरीरभरि फैलने
–पानी भरिएको साना साना दानाहरू देखिने

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस