
नारी बाटिका
काठमाडौं– २२ भदौ ।
नवनियुक्त गृह सचिव गोकर्णमणि दुवाडीले शुक्रबार नै गृहमन्त्रालयको पदबहाली गर्नु भएको छ । सोही क्रममा गृह सचिव दुवाडीले मुलुकको शान्ति सुरक्षा र सुशासन कायम गर्ने सबालमा गृहमन्त्राल र मातहतका निकायको महत्वपूर्ण भुमिका हुने भएकाले सोही अनुसार सबै जना परिचालन हुनुपर्ने बताउनु भयो ।
त्यसै अवसरमा बोल्नु हुंदै गृहसचिव दुवाडीले गृहमन्त्रालयको ५१ वटा कार्य जिम्मेवारी रहेको र अन्य मन्त्रालयको कार्य विभाजनमा नपरेका काम र जिम्मेवारी गृह कै भएकाले जिम्मेवारी पुरा गर्न गृह प्रशासनमा आवद्ध सबैजना दत्तचित्त भएर खट्नुपर्ने आवश्यकता बताउनु भयो ।उहाँले कामको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिने दृढता व्यक्त गर्नुभयो ।
सरकारले दुवाडीलाई लामो रस्साकस्सीपछी गृहसचिव बनाएको छ । गृहसचिवको प्रतिस्पर्धामा रहेर आधा दर्जन बढि सचिवहरुलाई पछि पार्दै दुवाडीले गृहसचिवको जिम्मेवारी पाउनु भएको हो । हालसम्म दुवाडी निजामती प्रशासनमा कुनै विवादमा नपर्नु भएका स्वस्च्छ छविका प्रशासक हुनुहुन्छ । नागरिकले उहाँबाट गृहप्रशासन सुधारको आशा गरिएको छ ।
पदबहालीका क्रममा गृहसचिवले उठाएका महत्वपूर्ण सवालमा आफुले सुधार गर्दै लैजाने बताउनु भएको छ ।








प्रतिक्रिया दिनुहोस