आज:  | Tue, 08, Oct, 2024

कांग्रेस धादिङद्वारा विपी जयन्तीका अवसरमा बहिरा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

२५ भाद्र २०८१, मंगलवार ०७:४० मा प्रकाशित ( ४ हफ्ता अघि) १५१ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

धादिङ – २५ भदौ ।

नेपाली कांग्रेस धादिङले विपी जयन्तीका अवसरमा बहिरा विद्यालयका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । यसअघि यस्ता दिवसीय कार्यक्रमहरुमा प्राय ःजसोःअस्पतालमा उपचारार्थ विरामीहरुमा फलफुल वितरण गर्दै आईरहेको नेपाली काँग्रेस धादिङले यस पटक जननायक तथा देशका अभिभावक स्वर्गीय नेता कोइरालाको १११ औँ जन्मजयन्तीका अवसरमा स्वाबलम्बी बहिरा आधारभुत विद्यालयका बालबालिकालाई खाद्यान्न तथा झोला वितरण गरी मनाईएको हो ।

सोही अवसरमा सोमबार नेपाली काँग्रेस धादिङका सभापति तथा कृषि मन्त्री रामनाथ अधिकारीले चामल,खाने तेल लगायतका खाद्य सामाग्री र ४३ जना विद्यार्थीहरुलाई झोला र खाद्यान्न वितरण गर्नुभएको हो । अधिकारीले उक्त विद्यालयमा अध्यनरत ४३ जना बहिरा बालबालिकाको उज्जवल भविश्यको शुभकामना व्यक्त गर्नु हुंदै आफ्नो पार्टीले विशेषगरी अशक्त र विपन्न वर्गका हितमा काम गर्ने भएकोले यस कार्यलाई अघि सारेको बताउनु भएको थियो।

त्यसैगरी कार्यक्रममा बागमति प्रदेश सांसद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा समेत गर्नु भएको छ ।

यसैगरी यसै दिवशका अवसरमा ज्वालामूखी गाउँपालिकाले पनि विद्यार्थीहरुलाई आवस्यक सामाग्री उपलब्ध गराउने र अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने सामुहिक प्रतिवद्धता जनाउनु भएको थियो । नेपाली कांग्रेस धादिङले पार्टी कार्यालयमा नियमति रुपमा प्रवचन तथा फलफुल वितरण जस्ता कार्य गर्दै आएकोमा यस वर्ष भने असहाय तथा लक्षित वर्गमा सहयोग गरेर फरक किसिमको कार्यक्रम गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस