आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

आज पनि देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ श्रावण २६, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २३२६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ- २६ साउन ।

विगत केही समयदेखी देशभर नै मनसुनी वायुको प्रभाव कायमै छ।जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर भन्दा केही उत्तर तथा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपासमा रहेको जनाएको छ।

अहिले पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली र मधेसमा आंशिक बदली छ। यस्तै विभिन्न प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

त्यसैगरी आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने साथै कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र, तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको हो।

साथै मविभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहितको मध्यम वर्षा हुने सम्भमवना छ भने आज राति पनि हिमाली र पहाडी क्षेत्रमा बदली भइ तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑