आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

बजारमा जताततै ग्यासको अभाव तर कतै लुकाउने, कतै महँगो मूल्यमा बेच्ने

२०८३ श्रावण २७, बुधबार मा प्रकाशित ( १५ मिनेट अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ -२७ साउन ।

पछिल्लो समयमा देशभर नै खाना पकाउने एलपी ग्यासको अभाव छ। सर्वसाधारणकहरु दिनभर ग्यास पाउने आशामा लाइनमा बसे पनि अन्तमा ग्यास नपाएर साँझ रित्तो हात घर फर्किनु परेको उपभोक्ताको गुनासो छ। केहीले भने ग्यास नै नपाएर उही पुरानै चलन धुवाँदार चुलो र दाउरा बालेन खाना पकाउनु पर्ने अवस्था सिर्जना भएको हो ।

उता नेपाल आयल निगम भन्छ, नियमित रुपमा ग्यास आयात भइरहेको छ। नेपाल एपली ग्यास उद्योग संघका अनुसार आयल निगमको पहलमा भारतको विभिन्न शोधनशाला (रिफाइनरी)बाट सहज रूपमा एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भैइरहेको बताउँछ।

निगमका अनुसार २२ दिन यता ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको जनाएको छ। गत वर्षको यसै अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको जनाएको छ । बजारमा ग्यासको अभाव बढ्दै गएपछी सम्बन्धित निकायहरूले बजार अनुगमन तीव्र बनाएका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किरातीले ‘बजार अनुगमन त पहिलादेखिकै नियमित हो, अझ ग्यास अभाव भएको भन्ने गुनासो आएपछि झनै अनुगमनलाई तीव्रता दिएका छौँ, बजार अनुगमनमा केहीले लुकाएर बेच्ने गरेको पाइयो तर अधिकांश चाहिँ एकैपटक फूल ग्यासमा वितरण गर्ने हुँदा अभाव भएको पाइयो।’

प्रवक्ता अनिल किरातीका अनुसार व्यवशायीले ग्यास लुकाएर बढी मूल्यमा बिक्री भइरहेको भन्ने उजुरी पनि आउने गरेको र उक्त उजुरीको आधारमा बजार अनुगमन गरिरहेका छौँ, त्यस्तालाई कारबाही गरेको उनले बताए ।

यसैगरी बजार अनुगमनको क्रममा केहीले अनावश्यक ग्यासको भण्डारण गर्ने गरेको पनि पाइएको र ‘अनावश्यक ग्यासको भण्डार गर्दा एक परिवारमा दुई वटामात्र सिलिण्डर भएर एउटा ग्यास सकेपछि अर्को भर्नेहरूलाई समस्या भएको छ’, उनको भनाइ थियो।

तर होटल, रेष्टुराँमा भने ग्यास अभाव नभएको पाइएको छ। होटेल रेष्टुराँमा अनुगमन गर्दा एकै होटल,रेष्टुराँमा ३० वटासम्म ग्यास रहेको पाइएको जानकारी दिए। ‘उनीहरूलाई ग्यास पसलहरूबाट नियमित रूपमा लैजाने गरेकाले नियमित ग्राहक मानेर दिने गरेको बताएइको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस