
नारी वाटिका डटकम
धादिङ -२७ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीका तिनजना स्वकीय सचिवहरुमाथी अनुसन्धान सुरु गर्ेको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा पूर्वस्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्य तथा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्यमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको हो ।
अनुसन्धान विभागले देउवाका स्वकीय सचिव भानु र पुष्पकमल दाहालका छोरी गंगाको सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न एक साताअघि नै अख्तियारलाई पत्र पठाएको थियो । सोही अनुसार आयोगले उनीहरुको सम्पत्ति विवरण सङ्कलन गरेका थियो ।
अख्तियारको अनुसार भानुलाई सम्पत्ति सम्बन्धी विस्तृत अनुसन्धानको फारम भराइसकेको छ भने बैंक खाता, जग्गा तथा शेयरको लगत विवरण विभिन्न निकायबाट प्राप्त भइसकेको जनाइएको छ ।
त्यसैगरी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रकाशबहादुर देउवामाथि पनि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ ।
अख्तियारले उनीहरु तीनै जनैनाथी पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीका निकट सहयोगी र स्वकीय सचिव रहेकोले निगरानी बढाएको हो ।
हो ।












प्रतिक्रिया दिनुहोस