आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

मनसुन सक्रिय हुंदै,जसका कारण आज दुई प्रदेशमा अति भारी वर्षाको सम्भावना

२०८१ भाद्र २७, बिहिबार मा प्रकाशित ( १ साल अघि) ४८८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ भदौ ।

मनसुन पुनः सक्रिय हुंदैछ । जसका कारण आज दुई प्रदेशमा आज अति भारी वर्षाको सम्भावना रहेको छ । बिहिबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहिबार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। यस्तै आज राति सुदूरपश्चिममा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारीदेखि अति भारी तथा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ भने अति भारी वर्षाको सम्भावना रहेका स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस