आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

जलविद्युत् आयोजनामा हराएका व्यक्तिहरु अझै भेटिएनन्, खोजी कार्य तीव्र

२०८३ भाद्र ३१, बुधबार मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
नुवाकोट -३१ भदौ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बिनाशकारी बाढीमा नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारहरु अझै फेला पर्न सकेका छैनन् । यद्यति उनीहरुको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा बाढी पसेपछी सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी कार्यलाई नेपाली सेनालगायतका संयुक्त सुरक्षा तथा उद्धार टोलीले गरिरहेको भएपनि हालसम्म उनीहरुको पत्तो चलेको छैन ।

यही भदौ १० को त्रिशुली नदीमा आएको भिषण बाढीपछि सम्पर्क हुन नसकेका जलविद्युत् आयोजनाको टनेलभित्र पसेर उद्धारमा खटिएको टोलीले थ्री ‘ए’ को सम्भावित स्थानमा खोजीकार्य अन्तिम चरणमा पुर्‍याएको छ भने थ्री ‘बी’मा निर्माणाधीन विद्युत् उत्पादन गृहको भवनभित्र र बाहिर उत्खनन तथा भग्नावशेष हटाउने काम जारी छ।

जिल्ला सुरक्षा समितिलाई माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार उक्त बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्क विहीन भएको पुष्टी गराएका छन्।

त्यसैगरी आयोजनाको निर्माण कार्यमा संलग्न दुईवटा कम्पनीका चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार बाढीपछि सोही कार्य क्षेत्रमा फसेको आशङ्कामा खोज तथा उद्धारलाई तीव्र बनाइएको हो।

आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फसेको हुनसक्ने स्थानहरु मध्य प्रशासनिक भवन र पाँच वटा आवासीय भवनमा खोजतलास गरिएको छ। उृक्त संरचना पुरिएको नभई बाढीले बगाएर लगेको पाइएको उनको भनाई छ।

खोज तथा उद्धार टोलीले निर्माणाधीन भवनको अग्रभागका पाँच वटा पिल्लर देखिएको तर अन्य संरचना बाढीले बगाएर उक्त स्थान बगरमा परिणत भएको पाइएको छ। हाल सोही क्षेत्रमा भग्नावशेष हटाउँदै खोजी गर्ने काम भइरहेको छ।

भोटेकोशीको बिनाशकारी बाढीपछी प्रभावित दुवै जलविद्युत् आयोजनामा बेपत्ता कर्मचारी तथा कामदारको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सम्बन्धित प्राविधिक विज्ञहरूको टोलीले सम्भावित स्थानमा खोज र उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस