
नारी बाटिका
बागलुङ २८ भदौ ।
बागलुङमा सरकारी नम्बरको गाडी दुर्घटना हुंदा दुई महिला र एक पुरषको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
साथै दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भयो ।
साथै सोही दुर्घटनामा परी एक पुरुष घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस