आज:  | Tue, 08, Oct, 2024

इजरायली आक्रमणबाट लेबनानमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु

८ आश्विन २०८१, मंगलवार ०३:४९ मा प्रकाशित ( २ हफ्ता अघि) ७० पाठक संख्या
नारी बाटिका


लेबनान ८ असोज ।

सोमबार इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या दुई सय ७४ पुगेको बताएको छ । जसमध्य २१ जना बालबालिका रहेका छन् । १ हजारभन्दा धेरै घाइते भएका छन् । बमबारीका कारण हजारौँ परिवार भाग्न बाध्य भएका छन् । “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले बताएका छन् ।

स्वास्थ्य मन्त्री अबियादले भने यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।” उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भईसकेका छन् ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा कडा र घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए । इजरायलले सोमबार ८ सयभन्दा बढी हिजबुल्लाहका अखडाहरुमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको पनि बताएको छ ।

विश्व मानव अधिकारवादी तथा शक्तिवान राष्ट्रहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् ।तरपनि यि दुई देशका विरुद्धमा जति निन्दा गरेपनि कम नहुने अवस्था आईसक्यो भन्छन् विस्व सान्ति संघहरु । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा हिंसात्मक घटना सरेको देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस