आज:  | Tue, 08, Oct, 2024

धादिङको झ्याप्ले खोलास्थित पहिरोमा पुरिएका २९जना मृतकको शव निकालियो

१३ आश्विन २०८१, आईतवार १३:३१ मा प्रकाशित ( १ हफ्ता अघि) २१७ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

धादिङआजपनि देशका यी पाँच प्रदेशमा वर्षा हुने भएकोले सतर्क रहन आग्रह – १३ असोज ।

धादिङ जिल्ला अन्तर्रगत पृथ्वी राजमार्गको झ्याप्ले खोलास्थितमा पहिरोले पुरिएर मृत्यु भएका अहिलेसम्म २९ जनाको शव निकालिएको छ। जिल्ला प्रहरी कार्यलय धादिङले जनाए अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आज आइतबार अहिलेसम्म १५ जना गरी २९ जनाको शव फेला परेको हो।

यसे समचार तयार पार्नुअघिसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन ईलाका प्रहरी कार्यलय खानीखोलाले अनुरोध गरेको छ।

धादिङ जिल्लाको धुनीवेशी नगरपालिका झ्याप्ले खोलामा गएको लेदो सहितको पहिरोमा परी शनिबार बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ।

सो घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,,नेपाली सेनाका टोलिले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस