
काठमाडौं– १८ असोज ।
गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । बिहिबार गोरखाको सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उक्त घटना गोरखा–आँबुखैरेनी सडकको गोरखा नगरपालिका–९, ठिगुरेस्वाँरामा अनियन्त्रित मोटरसाइकल आफै भएर दुर्घटना भएको थियो ।












प्रतिक्रिया दिनुहोस