नारी बाटिका
काठमाडौं २७ असोज ।
भारतको गुजरात राज्यमा पर्खाल भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी शहरको जसलपुर गाउँ नजिकै शनिबार निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किएको थियो ।
सो घटना घटेलगत्तै भग्नावशेषमा पुरिएका मानिसलाई बचाउने प्रयास भएको थियो । उद्धारमा खटिएका प्राविधिक टोलीले एकपछि अर्को गरी ९ जनाको शव निकालेको भारतीय प्रहरीले जनाएको छ।
भग्नावशेषमा अन्य केही मानिस पनि पुरिएको आशंका गरिएको छ। त्यसैले मृत्यु हुनेको अझै संख्या बढ्न सक्ने अधिकारीहरूले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एउटा निजी कम्पनीमा ट्याङ्की बनाउन मजदुरहरु खाल्डो खनेको र त्यस क्रममा माटो र जमिनभित्र बनेको पर्खाल भत्किएर घटना भएको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतका स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस