आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

रास्वपा सभापती रवि लामिछानेलाई ६ दिन हिरासतमै राख्न अदालतको अनुमति

२०८१ कार्तिक ५, सोमबार मा प्रकाशित ( ११ महिना अघि) ८०८१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ कार्तिक ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासत मै राखेर थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतले आइतबार उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो। म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धानको कार्य थालेको छ। जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पोखराको सूर्यदर्शन सहकारीका सदस्यहरुले जम्मा गरेका बचत रकम अपचलन तथा हिनामिनामा जिबी राई,उनीसहितको संलग्न भएको भन्ने आरोपमा पुर्व गृह्रमन्त्रीसमेत भैसकेका साथै रास्वपाका सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस