
नारी बाटिका
काठमाडौं ५ कार्तिक ।
भाटभटेनी सुपरमार्केट संन्चालक मिनवहादुरले अरबौंको जग्गा नेकपा एमालेले पार्टी कार्यालय बनाउन दान लिएको विषयमा असहमति राख्ने महिला प्रखरवत्ता नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने भएको छ ।
यस विषयमा किन त्यति ठुलो मुल्यको जग्गा पार्टीका नाममा दानको वहाना बनाई दिन लागियो भनेर चौतर्फी रुपमा आलोचना भईरहेको छ । साथै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी वली र मिनवहादुर गुरुङको विरुद्धमा अदालतमा उजुरी नै परी सकेको अवस्था छ ।
उनीहरुले के स्वार्थमा यति ठुलो चलखेल गरिरहेका छन् भनेर एमालेभित्र पनि तहल्का नै मच्चिएको स्रोतले जनाएको छ । सोही विषयमा विरोध गरेको भन्दै नेतृ पाण्डे र तिम्सिना दवयलाई स्पष्टीकरण नै सोध्न लागिएको छ ।
एमालेको आइतबार बसेको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।
पार्टीका धेरै नेताहरु जग्गा दान लेनदेनको विषयमा असन्तुष्ट छन् । तर उनीहरु दुई नेता र साथै पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पुर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।








प्रतिक्रिया दिनुहोस