आज: २०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

नेपालसहितको सहभागितामा प्रचण्डले प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाए

२०८१ कार्तिक ६, मंगलबार मा प्रकाशित ( १ साल अघि) ९६३६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ कार्तिक ।

राजनीतिक दल विभाजनका लागि अध्यादेश आउने चर्चा चलरहँदा विपक्षी दलहरु मिलेर सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।तर ज्ञापन पत्रमा अध्यादेशको विषयमा भने केही उल्लेख छैन । असोज १२ गते परेको भीष्ण वर्षाका कारण आएको बाढीपहिरो प्रभावितलाई सरकारले दिएको ५० हजार रुपैयाँ राहत कतिपय पिडितका हातमा नपुगेको, व्यवस्थापन उचित नभएको, उद्धार र क्षति भएका संरचना मर्मता लागी ध्यानाकर्षण गरिएको हो ।

त्यस्तै, पत्रमा सुशासन कायम गर्न भनेर गठित सरकार भएपनि भ्रष्टाचार बढेको जिकिर गर्दै त्यसलाई रोक्न कदम चाल्न पनि भनिएको छ । साथै बाढीले क्षति पुर्याएका बाटो, पुललगायतका भौतिक पूर्वाधार निर्माण कात्तिकभित्रै गर्न पनि पत्रमा भनिएको छ ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,प्रभु शाहलगायतले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रको पूर्णपाठ हेर्नु होस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस