
नारी बाटिका
कालिकोट २६ कात्तिक।
कालिकोट जिल्लाको पलाता गाउँपालिका –३ राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा ६ जनाको दर्घटना स्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
आइतबार सोहि गाउँपालिकाको खिनदेखी थिर्पु तर्फ जाँदै गरेका क १ ज ५६ नम्बर को बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा पर्नेहरु पिलाँता गाउँपालिका– ६ का ५१ वर्षीया पदम बहादुर बम,३० वर्षीया छाया शाही, ५९ वर्षीया कुसुमकला शाही,२५ वर्षीया भगवती रोकाया,६० वर्षीय गणेश शाही र ६ वर्षिय बालक दमन रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले जनकारी दिनु भयो ।
आइतबार दिउँसो २ राडुकाप्रे खोलमा २ सय मिटर तल खसेर जिप दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पलाता गाउँपालिका ६ की निर्मला रोकाया,जगत रोकाया,सोही पालिका ५ की दोली विक,आयाुशा विक र ठेगाना नखुलेका चालक धनिराम रावत गरी पाँच जना गम्भिर घाइते भएको छन् ।
चार जना मात्र क्षमता भएको उक्त बोलेरो जिपमा २० जना यात्रु बोकेपछी भारी लोड धान्न नसकेर जिप अनियान्त्रीत भइदुर्घटना भएको थियो । घाईते हुनेमा सोही पालिका वडान नं ६ कै बिजय थापा, किशोर थापा,रिदम शाही, प्रतिक्षा शाही, आषिश रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया र दानवहादुर रोकाया गरि ८ जना घाइते रहेको प्रहरीले जनाएको छ ।
साथै घाइते भएकाहरुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नाराणय प्रसाद भट्टराइले बताउनु भएको छ ।
दुर्घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालयका प्रहरी टोलि उद्धारका लागि पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रावतको टोलि पनि दुर्घटना स्थलमा पुगेको उद्धारमा संमलग्न प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस