
काठमाडौं २७ कात्तिक।
सुनको भाउ बिस्तारै ओरालो लाग्दै छ । तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । अमेरिकाको राष्ट्रपतीमा पुनः ड्रोनालट्रमले विजय हाँशिल गरेसंगै अन्तर्राष्ट्रिय अर्थतन्त्रमा निकै हेरफेर हुन्छ भनेर सबैको ध्यान केन्द्रित भैरहेको बेला सुनको मुल्य पनि बिस्तारै ओरालो लाग्दै गएको छ ।
आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निकै गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँले घटेको जनाएको छ । सो अनुसार आज बजारमा सुन तोलाको १ लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस