आज:  | Tue, 03, Dec, 2024

सुनको भाउ बिस्तारै ओरालो लाग्दै,आज तोलामा २४ सय रुपयाँले घट्यो

२७ कार्तिक २०८१, मंगलवार १३:४० मा प्रकाशित ( ३ हफ्ता अघि) २४६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २७ कात्तिक।

सुनको भाउ बिस्तारै ओरालो लाग्दै छ । तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ । अमेरिकाको राष्ट्रपतीमा पुनः ड्रोनालट्रमले विजय हाँशिल गरेसंगै अन्तर्राष्ट्रिय अर्थतन्त्रमा निकै हेरफेर हुन्छ भनेर सबैको ध्यान केन्द्रित भैरहेको बेला सुनको मुल्य पनि बिस्तारै ओरालो लाग्दै गएको छ ।

आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निकै गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँले घटेको जनाएको छ । सो अनुसार आज बजारमा सुन तोलाको १ लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि थोरै घटेको छ । मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस